ट्रम्पको घरमा एफबिआई छापा: ‘सर्च वारेन्ट’ सार्वजनिक हुन सक्ने

अमेरिकी न्याय मन्त्रालयले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा संघीय अनुसन्धान ब्युरो (एफबिआई)ले गरेको खानतलासीको वारेन्ट सार्वजनिक गर्नका लागि प्रक्रिया सुरु गरेको छ। न्याय मन्त्रालयले फ्लोरिडाको अदालतसँग एफबिआई वारेन्ट सार्वजनिक गर्नका लागि माग गरेको हो। अदालतले न्याय मन्त्रालयको माग स्वीकार गरेमा ट्रम्पको मार-ए-लागोस्थित घरमा गएको सोमबार एफबिआईले गरेको छापाका लागि जारी वारेन्ट सर्वसाधारणका लागि उपलब्ध हुनेछ। […]