काठमाडौं : विभागीय टोलीद्वय नेपाल पुलिस क्लब र एपिएफ क्लब राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।मूलपानी मैदानमा एपिएफले समूह चरणका खेलमा शतप्रतिशत नतिजा निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। समूह चरणको अन्तिम खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई सात विकेटले हरायो।टस हारेर ब्याटिङका लागि निम्त्याइएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०४ रन बनाएको थियो। १०५ रनको लक्ष्य एपिएफले ११ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।