काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे गम्भीर हुन सरकारसँग आग्रह गरेको छ । बिहीबार अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेको आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको टोलीले अस्पतालका निर्देशक डा. केदार सेन्चुरीलगायत चिकित्सकहरूसँग भेटघाट गरी गंगामायाको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गरेको थियो । भेटपछि टोलीले गंगामायाको शरीरमा आवश्यक पोषकतत्वको कमी […]