बृहत खर्च बिलमा टीपीएसवाहकलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषय समेट्ने प्रयास

अमेरिकी सिनेटमा रहेका डेमोक्र्याट्सहरु बृहत  पूर्वाधार खर्च बिललाई अन्तिम रुप दिने प्रयासमा लागिरहेका छन् । रिपब्लिकनहरुसँगका सम्झौतामा समावेश नभएका परियोजनाहरुका लागि खर्च अनुमोदन गर्ने यो बिल रिपब्लिकनको समर्थन विना बजेट प्रकृयाबाट सिनेटमा सामान्य बहुमतबाट पारित गरिनेछ । यो बिलमा टीपीएसवाहक र डाकामा रहेकाहरुलाई अमेरिकी नागरिकताको बाटोमा लैजाने विषय समेट्ने प्रयास समेत गरिएको छ । सिनेटरुहरु […]