हेटौंडा : बागमती प्रदेशको मन्त्रालय तथा सरकारी कार्यालयहरूमा करौडौंको सरकारी सम्पत्ति बेवारिसे अवस्थामा छन्। सम्बन्धित निकायले समयमै ध्यान नदिँदा सरकारको ढुकुटीमा जम्मा हुने करौडौंको सम्पत्ति बेवारिसे बनेका हुन्। मकवानपुरको हेटौंडामा रहेका बागमती प्रदेश सरकारका मन्त्रालयहरू, जिल्लाका सरकारी कार्यालयहरू र प्रहरी कार्यालयमा सरकारी ढुकुटीमा जम्मा हुनसक्ने ठूलो संख्यामा सवारीसाधन कबाडीजस्तै गरी मिल्काइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयमा नै सयौं यस्ता सवारीसाधन वर्षौ