चैत १५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको दुई घण्टाको अवधिमा ग्लोबल आइएमई बैंकको धितोपत्रको सर्वाधिक खरीदविक्री भएको छ ।
उक्त अवधिसम्ममा कारोबारमा आएका २२२ धितोपत्रमध्ये उक्त कम्पनीको रू. ६ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३१४ मा कारोबार भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २ दशलमव ८९ अंक बढेर २ हजार ५४४ दशलमव ७२ विन्दुमा पुगेको छ । त्यसैगरी उक्त अवधिसम्ममा कुल रू. ७१ करोड ११ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।