हुन त फोन, ल्यापटप र टिभीमा जतिसक्दो कम समय बिताएकै राम्रो । तर त्यो समयलाई पनि यदि गलत तरिकाले बिताउने हो भने आँखादेखि तपाईंको स्वास्थ्यमा यसको असर पर्नसक्छ ।फोनमा भएका क्यालेन्डर, क्यालकुलेटर, कन्ट्याक्ट्स र पढ्ने, लेख्ने, हेर्नेसँग सम्बन्धित यस्ता थुप्रै कुरा हुन्छन् कि मनमा उठेका प्रश्नको जवाफ खोज्न कतै जानै पर्दैन ।यसैकारण डिजिटल ग्याजेटमा हाम्रो निर्भरता बढ्दै गइरहेको छ । तर यो निर्भरतामा गरिने लापरवाहीले हाम्रो स्वास्थ्यलाई कसरी बिगार्न सक्छ भन्नेबारे भारतकी डा. टिंकल रानीले जानकारी