काठमाडौं : युक्रेनले राजधानी किभको आकाशमा देखिएका ६ वटा रसियन बेलुन लडाकु जहाज प्रयोग गरी खसालेको छ।
युक्रेनको सैन्य गतिविधि निगरानी गर्ने उपकरण जडित बेलुनहरु खसालिएको युक्रेनी अधिकारीहरुले जनाएका छन्। युक्रेनी सैनिकले रुसी बेलुनहरु हावाको बहाबसँगै किभको आकाशमा आइपुगेको जनाएको छ।
ती बेलुनहरु युक्रेनको सैन्य गतिविधि र एयरफोर्सको गतिविधिबारे निगरानी गरी रुसमा सूचना पठाउने प्रयोजनका लागि परिचालित भएको युक्रेनी सैनिकको दाबी छ।
यसैबीच युक्रेनको डोनेत्स्कस्थित पोक्रोभ्स्क सहरमा रुसले गरेक...