प्रेम र शारीरिक सम्बन्धको प्रलोभनमा ‘हनिट्र्याप’, रकम र सामान असुलेको आरोपमा युवती पक्राउ

काठमाडौं । प्रेम तथा शारीरिक सम्बन्धको प्रलोभन देखाएर एक पुरुषलाई ‘हनिट्र्याप’मा पारी रकम तथा जिन्सी सामान असुलेको आरोपमा प्रहरीले ३० वर्षीया युवतीलाई पक्राउ गरेको छ। रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई काठमाडौंमा बस्दै आएकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले काठमाडौंको सुकेधारास्थित निवासबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार ती युवतीले बाँकेको बैजनाथ गाउँपालिका–२ का ३२ […]