अगष्ट १४ मा ब्रिटिस भारतबाट छुट्टिएको थियो पाकिस्तान, यसरी कोरिएको थियो सिमाना

पचहत्तर वर्षअघि बेलायती अधिवक्ता सर सिरिल ¥याडक्लिफलाई ब्रिटिश शासित भारतलाई दुई नयाँ र स्वतन्त्र राष्ट्रबीच सिमा कोर्ने जिम्मेवारी दिइएको थियो । त्यसबाट जन्मिने मुलुकहरुमध्ये एउटा हिन्दू बहुल भारत हुने थियो भने अर्को मुस्लिम बहुल पाकिस्तान हुने थियो । २०० वर्षदेखि बेलायती उपनिवेश रहेका यो भूमिलाई धर्मका आधारमा विभाजित गर्ने जिम्मा भारतीय महाद्वीपमा कहिले पाइला नटेकेका ¥याडक्लिफलाई दिइएको थियो । ठाउँ-ठाउँमा साम्प्रदायिक हिंसा भड्किरहेको संवेदनशिल समयमा उनलाई यो काम पाँच