२७ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । चैत पहिलो साता भित्रै वित्तीय रिपोर्ट सार्वजनिक गरेका बैंकलेहरुले साउनदेखि चैतसम्ममा कुल ५० अर्ब ९७ करोड ७८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । यद्यपि, यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा जम्मा ०.४६१ प्रतिशतले मात्र बढी हो । आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा २७ वटा बैंकहरुले कुल ५० अर्ब ७४ करोड २६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । तर, यस वर्ष २३ करोड ५२ लाख ५