माओवादीको बैठक तीन दिन चल्यो, पदाधिकारीको टुंगोचाहिँ दाहालले लगाउने

नेकपा माओवादी केन्द्रको पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ । काठमाडौंमा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा सहमति नजुटेपछि दाहाललाई पदाधिकारी चयनको जिम्मा दाहाललाई दिइएको हो । बैठकमा सम्बोधन गर्दै दाहालले पदाधिकारी चयन गर्नका लागि आफूलाई २-४ दिन समय मागेका थिए ।