कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् । आर्थिक वर्ष २०७७/७८ भन्दा आव २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन् । आर्थिक वर्ष २०७८/७९ मा चार हजार ७४९ पुरुष र दुई हजार २७० महिला गरी कूल सात हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार आर्थिक वर्षको कात्तिक, चैत्र र वैशाखमा बढी बाह्य पर्यटक भित्रिएका थिए । एक्यापको धारापानी स्थित पर्यटक जाँच केन्द्रमा प्रवेश अनुम