पुटिनले ल्याए १० बच्चा जन्माउने रुसी आमालाई पुरस्कार र सम्मान दिने कानुन

रुसको घट्दो जन्म दर र जनसंख्याका कारण त्यहाँका नीति निर्माताहरु चिन्तित छन् । यो समस्या समाधानका लागि देशका राष्ट्रपति भ्लादिमिर पुटिनले महिलाहरुलाई १० जनासम्म सन्तान प्रोत्साहित गर्ने अध्यादेश ल्याएका छन् ।  अध्यादेश अनुसार १० सन्तान जन्माउने महिलालाई ‘मदर हिरोइन’ को अवार्डले सुशोभित गरिनेछ । यो पुरस्कार दोस्रो विश्वयुद्धको पुछारतिर सन् १९४४ मा स्टालिनले स्थापना गरेका थिए । दोस्रो विश्वयुद्धमा रुसका झण्डै अढाई करोड मानिस मारिएको स्थितिमा यस्तो पुरस्कार स्थापना गरेर धेरै बच्चा ज