नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसिरमा हुने भएको छ । काउन्सिलले सोमबार कार्यतालिका सार्वजनिक गर्दै निर्वाचन दुई चरणमा हुने जानकारी दिएको हो । काउन्सिलद्वारा जारी सूचना अनुसार पहिलो चरणमा उपत्यका बाहिर र दोस्रो चरणमा काठमाडौं उपत्यकामा निर्वाचन हुनेछ ।कार्यतालिकाअनुसार उपत्यकाबाहिर मंसिर ३ र ४ गते निर्वाचन हुनेछ भने काठमाडौं उपत्यकामा १० र ११ गते हुनेछ । निर्वाचनका लागि असोज २२ गते मतदाता नामावली प्रकाशन हुनेछ भने असोज २४ गते मतदाता नामावलीमा दाबी विरोध गर्ने समय तोकिएको छ । यस्तै, म