लमजुङ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारमा रहेका पाँच दलीय गठबन्धन आउँदाे चुनावसम्म जाने बताउनुभएको छ ।
नेकपा माओवादी केन्द्र दोर्दी गाउँपालिका लमजुङको प्रथम पालिका अधिवेशन घोषणा सभालाई आज बुधवार सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
राष्ट्रियता, संविधान र नागरिककाे सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन बनाइएको उहाँकाे भनाइ छ । ‘प्रति क्रान्तिको खतरा हुँदासम्म हामी परिवर्तनका शक्तिहरूले राष्ट्रियता, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाक...