संसदीय छानबिन विशेष समितिले आज प्रतिवेदन बुझाउँदै : प्रतिवेदनको निष्कर्षमा प्रतिपक्ष एमालेको विरोध

काठमाण्डाै - चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ । विभिन्न पक्षसँग छलफल गरेर समितिले प्रतिवेदन तयार गरेको हो । प्रतिवेदनलाई अन्तिम रुप दिन हिजो दिनभर समितिको बैठक बसेको थियो । समितिका सभापति लक्ष्मणलाल कर्णले आज सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । समितिको प्रतिवेदनमा अर्थ मन्त्रालयको सीसीटीभी...