खेलकुद पत्रकार मञ्चलाई खेलकुद महासंघको स्वास्थ सामाग्री सहयोग

काठमाडौं। नेपाल खेलकुद महासंघले आज नेपाल खेलकुद पत्रकार मञ्चलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा एक कार्यक्रमबीच महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत नेतृत्वको टोलीले मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। महासंघले 'कोभिड-नो भिड' अभियानअन्तर्गत फ्रन्टलाइनरको रुपमा अग्रपङ्तीमा खटिने खेलकुद पत्रकारलाई मास्क, सेनिटाइजर, ग्लोभसलगायतका सामाग्री हस्तान्तरण गरेको हो।

सम्बन्धित सामग्री

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केल्मीको साथ

‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई केल्मीले प्रायोजन गरेको छ । खेलकुदका पोसाक र खेल सामाग्री उत्पादन गर्दै आएको केल्मी अवार्डसँग जोडिएको हो ।  नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा मञ्चका सल्लाहकार दिपक उपाध्याय र केल्मीको तर्फबाट ओलम्पियन दिपक विष्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । धनगढी निवासी ओलम्पियन विष्टले आफ्नै गृहक्षेत्रमा भइरहेको अवार्डसँग जोडिएको बताए । उनले अवार्डलाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । तेस्