प्रधानमन्त्री देउवाद्वारा बाढी पहिराे प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्न निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितहरुका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा मंगलबार उहाँले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका पुलहरुका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न निर्देशन दिनुभएको हो । यस्ता पुलहरु सञ्चालन गर्न समय लाग्ने स्थितिमा नेपाली सेनामार्फत मोड्युलर यान्त्रिक पुल निर्माणको व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको राष्ट्रिय विपद् ...