१७ असोज, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायका लागि १७२ जना अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बैठकले मन्त्रालय र अन्तर्गतका निकायका लागि अधिकृतस्तरको १७२ जनाको अस्थायी दरबन्दी स्वीकृत गरेको हो । ती दरबन्दी कहाँ कसरी राखिन्छ भन्ने कुरा भने मन्त्रिपरिषदको निर्णयमा खुलाइएको छैन ।