कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधानमा आउने व्यावहारिक कठिनाइ समाधान गर्नका लागि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय पदाधिकारीहरू तथा सदस्यहरूले उठाएका प्रश्न र सवालको जवाफ दिनेक्रममा उपसभापतिसमेत रहनुभएका कार्यवाहक प्रधानमन्त्री खड्काले भन्नुभयो, “विभिन्न जातजाति, समुदायको गुनासो रहँदारहँदै पनि समय क्रमअनुसार संशोधन गर्दै जाउँला भनेर तत्कालीन सभापति तथा …