भारतमा २४ घण्टामा १ लाख ३३ हजार संक्रमित थपिए, ३२०४ को मृत्यु

बितेको २४ घण्टामा भारतमा १ लाख ३३ हजार ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२०४ जनाको मृत्यु भएको छ ।  यस्तै संक्रमणबाट निको हुनेको संख्या २ लाख ३१ हजार २२७ जना रहेको छ ।  समाचारअनुसार मंगलबार भारतको अरुणाचल प्रदेश, मणिपुर र मिजोरमबाहेक बाँकी सबै राज्य र केन्द्रशासित प्रदेशमा नयाँ संक्रमित भन्दा ठीक हुने संख्या बढी भए । महाराष्ट्रमा सबैभन्दा बढी ३५ हजार ९४९ संक्रमित निको भए । यस्तै तमिलनाडुमा ३१ हजार ६८३, कर्नाटकमा ३१ हजार ६८३ र केरलमा २४ हजार ११७ संक्रमित निको भए ।  भारत...