–विवेक मिश्र, बेलबारी (मोरङ), ११ कात्तिक (रासस) : मङ्सिर ४ का लागि निर्धारित आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै आआफ्नो निर्वाचन क्षेत्र र जिल्लामा राजनैतिक दल तथा तीनका उम्मेदवार चुनावी एजेण्डासहित पुगिसकेका छन् । मतदातालाई भेट्ने, उनीहरुका समस्या र गुनासा सुन्ने तथा आफ्ना कुरा भन्ने काममा उम्मेदवार आफ्ना एजेण्डा लिएर सक्रिय भइरहेका छन् । […]