हाल देशको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार बिहान पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ।
यस्तै दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाको भनाइ छ।
यस्तै प्रदेश नं १ तथा बाग्मती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र सोही क्षेत्रको उच्च पह...