लमजुङ : ‘हेभीवेट’ नेता चुनावी मैदानमा, चुनाव जित्ने आ–आफ्नै दाबी

लमजुङ – मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै गर्दा लमजुङमा पनि चुनावको रौनक छाएको छ । यतिबेला जिल्लाका गाउँ, टोल, चोक र चौतारीमा चुनावकै चर्चा हुने गरेको छ ।  चुनाव नजिकिएसँगै दलका उम्मेदवार, नेता कार्यकर्ताका साथै स्वतन्त्र उम्मेदवारहरु पनि आफ्नो पक्षमा भोट माग्न गाउँ डुल्न थालेका छन् । चुनाव केन्द्रित कार्यक्रम लिएर उनीहरु मतदाता भेटघाट, घरदैलो कार्यक्रममै व्यस्त छन् । विकास र समृद्धिका नारा लिएर जनताको घरदैलोमा पुगेका दल तथा उम्मेदवारहरुलाई मतदाताको एउटै माग, आग्रह छ, चुना...