चीनमा व्यापक प्रदर्शनपछि शून्य कोभिड नीति सहज बनाउने संकेत

काठमाडौँ- तालाबन्दीको अन्त्य र वृहत राजनीतिक स्वतन्त्रताको आह्वान गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शन बढेपछि चीनका शीर्ष कोभिड अधिकारीले भाइरसप्रति शून्य–सहिष्णुता नीतिलाई सहज बनाउने संकेत गरेका छन् । चीनको शून्य–कोभिड नीति, सामूहिक तालाबन्दी, निरन्तर परीक्षण र संक्रमित नभएका मानिसहरूका लागि पनि क्वारेन्टाइनजस्ता विषयप्रति आक्रोशित सर्वसाधारणहरुले राजधानी बेइजिङ, सांघाई र गुआन्झाउलगायतका प्रमुख शहरहरूमा विरोध प्रदर्शन गरेका छन् । […]