लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७ मेगावाटको सुपर ङादी जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको भिरबाट खसेर आज मृत्यु भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका-८ का ३७ वर्षीय राजकुमार चौधरीको भिरबाट लडेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार आज बिहान […]
१९ असोज, काठमाडौं । नेपाल जेसिसकी पूर्व राष्ट्रिय अध्यक्ष रजनी थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको उम्मेदवार बन्ने घोषणा गरेकी छन् । युवा नेतृत्व, संगठन सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक नेतृत्वमा उपयोग गर्ने …
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा केन्द्रीय सदस्य र सांसदलाई खटाएको छ। रास्वपाले सबै जिल्लामा नागरिकका समस्या बुझ्न ‘हामी आउँदै छौं’ अभियान सञ्चालन गर्न लागेको छ। त्यही अभियानका लागि सबै जिल्लामा केन्द्रीय सदस्य र सांसदलाई खटाएको हो। रास्वपाले कोसीमा असोज २० देखि २७ गतेसम्म अभियान सञ्चालन गर्नेछ। अभियानका दौरान केन्द्रीय सदस्य […]
१९ असोज काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि चार जनालाई संक्षिप्त सूची (सर्ट लिस्ट)मा परेका छन् । नेप्से सीईओका लागि आवेदन दिएका आठ जनामध्ये चार जनालाई …
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) थप गरेको छ। विद्युत् खरिद सम्झौता (पीपीए) गरिसके पनि निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसकेका आयोजनाको वास्तविक अवस्था मूल्यांकन गरी म्याद थपिएको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्रवर्द्धकहरूसँग छलफल गरी निर्माण अघि बढाइरहेका आयोजनालाई […]
भरतपुर चितवन प्रहरीले बिलबिजकबिना मोबाइल बिक्री वितरण गरेको आरोपमा एक मोबाइल व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० का ४१ वर्षीय दीपक प्रसाई रहेका छन् । भरतपुर महानगरपालिका–१ र १० को इन्द्रदेव मार्गमा ‘दीपक मोबाइल हाउस’ सञ्चालन गर्दै आएका प्रसाईलाई बिलबिजकबिनाका मोबाइल बिक्री भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला […]