नेपालको पार्टीले मान्यता पाउनासाथ मन्त्रीपरिषदले पूर्णता पाउँछः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालको पार्टी निर्वाचन आयोगमा दर्ताको सनाखत भएलगत्तै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्। बिहीबार बिहान बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा जतिसक्दो छिटो मन्त्रिपरिषद विस्तार गर्ने समझदारी बनेको उनले बताए । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

सम्बन्धित सामग्री

प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने भनिए पनि अझै टुङ्गो लागिसकेको छैन । निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प...

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाण्डाै - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उहाँहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीति विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  नेकपा (एमाले) फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मन्त्रिमण्डल...