राष्ट्रिय मानवअधिकार आयोगले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न संसदमा पेश भएको विधेयकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा संक्रमणकालीन न्याय जस्तो गम्भीर विषयको कानून संशोधन विधेयक पीडित तथा अन्य सरोकारवालाहरुसँग पर्याप्त छलफल नगरी अपारदर्शी रुपमा संसदमा पेश गरिएको उल्लेख छ । साथै मानव अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने संशोधन विधेयकमा आयोगको राय सुझाव समेत लिन नखोजेको भन्दै आयोगले सरकारको कार्यशैल