काठमाडौँ विपक्षी गठबन्धनका नेताहरुले गठबन्धन अझै बलियो बनाउने बिषयमा छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार राति नेपाल निवास कोटेश्वरमा डेढ घण्टा छलफल गरेका थिए। उनिहरुले गठबन्धनलाई कमजोर बनाउने षडयन्त्र भएको भन्दै सचेत हुनुपर्ने बताएका थिए।…