नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा स्टार्टअप इकोसिस्टमलाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन् । अन्तरराष्ट्रिय श्रम संगठनद्वारा राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झेल्नुपरेको बताउँदै सहजीकरणका गर्न राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको उल्लेख गरेका हुन् । ढकालले दक्षिण एशियामा ठूलो बजारक