रोल्पाका दुई गाउँपालिकाले सीमा क्षेत्रमा अन्तरपालिका स्तरीय संयुक्त बैठक गरेका छन् । पश्चिमी रोल्पास्थित त्रिवेणी र माडी गाउँपालिकाका जनप्रतिनिधिले आपसी सहकार्यमा विकास योजना कार्यान्वयन गर्ने सहमति गरेका हुन् । समुद्र सतहदेखि करिब २ हजार १ सय मिटर उचाइमा रहेको खम्बुखले लेकमा बैठक आयोजना गरिएको थियो ।