यही महिना हुने आठौं धारा नेपालगन्ज म्याराथन विजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट र केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडको उपस्थितिमा आयोजक क्रियटिभ ह्यान्ड्सले बिहीबार पुरस्कार घोषणा गरेको हो ।