स्वस्थ रहनका लागि स्वास्थ्यकर खानेकुरा आवश्यक हुन्छ । खाना खाँदा अनेक कुरामा ध्यान दिनुपर्छ । अनि खानेकुरा कसरी खाने हो भन्ने कुरामा पनि ध्यान दिनुपर्छ ।
केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।
भेंडे खुर्सानी
भेंडे खुर्सानीमा उच्च मात्रामा भिटामिन सी उपलब्ध हुन्छ । यसलाई पकाउँदा यसमा भएको भिटामिन नष्ट हुन्छ र पोषण पाइँदैन ।
लसुन
लसुनलाई पकाउँदा एन्टीअक्सिडेन्ट...