तालिबान नेताहरूले अफगानिस्तानको राजधानी काबुलस्थित एक फन पार्कमा रमाइलो गरेको तस्वीर सार्वजनिक भएको छ ।
रमाइलो गर्ने क्रममा उनीहरू सबै सशस्त्र थिए ।
सत्ता पाएपछि पनि तालिबान लडाकूहरू मैदानमा खटिएका छन् । छुट्टी पाउनेबित्तिकै उनीहरू काबुलको वाटरसाइड फन पार्क पुगेर रमाइलो गरेका हुन् ।
उनीहरूले पार्कमा झुला झुलेको र चिया पिएको देखिएको थियो । पार्कमा घुम्न पाउँदा आफूहरूलाई खुशी लागेको उनीहरूले बताए ।
यसअघि पनि तालिबान लडाकूहरूले फन पार्कमा रमाइलो गरेको बच्चाहरूको झुलामा झुलेको देख...