सिद्धार्थ इक्विटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

चैत ६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको सवा तीन घण्टाको अवधिमा कारोबारमा आएका २२३ ओटा धितोपत्र मध्ये ५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  इमर्जिङ नेपाल लिमिटेड, सिद्धार्थ इक्विटी फण्ड, लक्ष्मी उन्नति कोष, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमा उच्च खरीद माग रहेको हो ।  यी ५ ओटा धितोपत्रमध्ये सबैभन्दा बढी इमर्जिङ नेपालको ३ लाख २३ हजार ३५६ कित्ता शेयर खरीद माग रहेको छ । त्यसैगरी सिद्धार्थ इक्विटी फण्डको ३ लाख १ हजार ७५ इकाई, लक्ष्मी उन्नति कोषको १ लाख ९ हजार ५३५ इकाई, जाल्पा सामुदायिक लघुवित्तको १ लाख ८० हजार २०९ कित्ता र राष्ट्र उत्थान लघुवित्तको १ लाख ७७ हजार ९१३ कित्ता शेयर खरीद माग रहेको हो ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक १९ दशमलव ५३ अंक घटेर २ हजार ६११ दशमलव ७२ विन्दुमा झरेको छ भने कुल रू. १ अर्ब ६३ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।