जलविद्युत् कम्पनीको शेयर किन्दा सजग रहन आग्रह

काठमाण्डाै – जलविद्युत् कम्पनीको शेयरमा अस्वाभाविक मूल्य वृद्धि गराइएको हुन सक्ने भन्दै विद्युत् नियमन आयोगले सजग रहन लगानीकर्तालाई आग्रह गरेको छ । गलत क्रियाकलाप भएकै कारण जलविद्युत् समूहको शेयरमा अस्वाभाविक मूल्य वृद्धि भइरहेको भन्ने गुनासा र सूचनाप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले शेयरमा लगानी गर्नुअघि कम्पनीको विस्तृत विवरण हेर्न र खतराको विश्लेषण गर्न पनि अनुरोध गरेको छ । सूचीकृत कम्पनीले जानकारी र विवरण सार्वजनिक गर्दा सत्य र र निष्पक्ष जानकारी सार्वजनिक गर्नुपर्ने र जानाजान लगानीकर्तालाई झुक्याउने, बहकाउने र ...