'बी' डिभिजन लिग : श्रीभगवती र श्रीकुमारी विजयी

काठमाण्डाै – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियाेगितामा मङ्गलवार भएका खेलमा श्रीभगवती र श्रीकुमारीले जितेका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको पहिलो खेलमा श्रीभगवती क्लबले ब्वाइज युनियनलाई दुई–एकले हराएको हो । श्रीभगवतीका नवराज गुरुङ र प्रज्ज्वल थापा मगरले एक/एक गोल गरे । ब्वाइज युनियनका टङ्कबहादुर स्याङ्तानले एक गोल फर्काए ।  याे खेल जितेकाे भगवती ११ खेलमा १५ अङ्क जाेड्दै तालिकाकाे पाँचौँ स्थानमा उक्लिएको छ । ११ खेलमा १७ अङ्क जोडेकाे...