डोटी - डोटीको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाको गलागाडमा मोटर चल्ने पक्की पुल निर्माण हुने भएको छ ।
याे पुल निर्माणका लागि गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले शिलान्यास गर्नुभएको छ । गाउँपालिकाको वडा नं १ र २ अन्तर्गतका सिमचौर–केदारअखडा जोड्नका लागि ४ करोड ५० लाख रुपैयाँको लागतमा याे पुल निर्माण हुने भएको हो ।
पुल नहुँदा यहाँका नागरिकले सास्ती भोग्दै आएका थिए भने उत्पादित वस्तु भाउले बजार पाउन सकेका थिएनन् । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरदेखि बोगटान जोड्ने ...