रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ ।
रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको समाचार संस्था एएनआईले जनाएको छ । बेलायतले आफ्नो देश विरुद्ध विभिन्न गलत गतिविधि गरेको रुसको आरोप छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेको विषयमा बेलायतले विरोध गर्दै आइरहेको छ । बेलायतले युक्रेनलाई सहयोग समेत गर्दै आएको छ । आक्रमणको विरोधमा विभिन्न देशले रुसी अधिकारीलाई देश निकाला गरिरहेका बेला रुसले पनि बेलायतका उच्च अधि...