पुख्र्यौली पेसाले दियो रोजगारी

बुद्धिबहादुर विकले पुख्र्यौली आरनको पेसा अँगालेर परिवार पाल्नुका साथै चार जनालाई रोजगारी दिनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीका उहाँले बेनीमा आरन सञ्चालन गर्दै आउनुभएको छ । चिसो सिरेटोमा कालीगण्डकी नदी किनारमा रहेको बुद्धिको आरनमा बिहानैदेखि तामा, फलाम तथा सिल्टेका भाँडा बर्तनलाई आकार दिन ह्याम्बरले कुट्दा आउने ट्वाङट्वाङको आवाज मिठो सङ्गीतको धुनजस्तै सुनिन्छ ।