काठमाडौँ । बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मंगलबार बिहान मुटुमा समस्या आएपछि भर्ना हुनुभएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत गङ्गालाल अस्पताल पुग्नुभएको छ । मन्त्री बस्नेतले अस्पताल प्रशासनसँग सम्माननीय राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । “नियमित स्वास्थ्य […]