गठबन्धनले भागबण्डा टुंग्यायो, सहमतिपत्रमा हस्ताक्षर तयारी

काठमाडौं : पाँच दलीय गठबन्धनमा ११ उपमहानगरपालिकाको भागबण्डाको सहमति जुटेको छ। लामो रस्साकस्सीपछि ११ उपमहानगरको भागबण्डा टुंगिएको हो। मंगलबारको बैठकले १० उपमहानगरको भागबण्डा टुंगिएको भए पनि नेपालगञ्जमा कांग्रेस र जसपा दुवैले दाबी गरेपछि अड्किएको थियो। नेपालगञ्ज उपमहानगरपालिकाको मेयर कांग्रेसले लिने गरी सहमति भएको छ। सहमतिअनुसार ७ उपमहानगरपालिकाको नेतृत्व कांग्रेस, जीतपुर सिमरा र घोराही नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको नेतृ