सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका तत्कालीन डीआईजी रन्जन कोइरालालाई पत्नी गीता ढकालको हत्यामा जन्मकैद गर्ने फैसला गरेको छ । बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि सर्वोच्च अदालतकै संयुक्त इजलासले गरेको फैसला उल्ट्याउँदै कोइरालालाई २० वर्ष नै कैद गर्ने फैसला गरेको हो ।