काठमाण्डाै - गैँडा पाइने एसियाली देशहरुबीच गैँडा संरक्षण, गैँडाको सङ्ख्या व्यवस्थापन, बासस्थान व्यवस्थापन, अनुसन्धान तथा सूचना आदानप्रदान, समन्वय र सहकार्य गर्ने सहमति भएको छ ।
गैँडा पाइने एसियाका पाँच देश नेपाल, भारत, भुटान, इन्डोनेसिया र मलेसियाका सरकारी अधिकारी, संरक्षणकर्मी र विज्ञहरु सहभागी बैठकमा यस्तो सहमति भएको हो । चितवनको पटिहानीमा शुक्रवार सुरु भएको बैठक हिजो सकिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकाअनुसार बैठकले ‘एसियन गैँडा संरक्षणका लागि चितवन घोषणापत्र–२०२३’ ...