मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले संघ सरकार खसवादी चिन्तनबाट ग्रस्त रहेको टिप्पणी गरेका छन् । मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनले खसवादी मानसिकता त्याग्न आग्रह गर्दै संघीय संरचनालाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न समेत संघ सरकारसँग आग्रह गरेका हुन् ।उनले संघ सरकारले संघीयतालाई अझैसम्म आत्मसात् नगर्दा प्रदेश सरकारलाई हेपाहा प्रवृत्तिबाट हेर्ने गरेको आरोप लगाए । आमसञ्चार प्राधिकरणले आयोजना गरेको पत्रकारहरूको स्वास्थ्य बिमा सम्बन्धी प्रदेश स्तरीय अन्तरक