स्वच्छता कायम नगरि सडक छेउछाउमा खानेकुरा बेच्नेलाई कारबाही गरिने

काठमाण्डाै - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सरसफाइ र स्वच्छतामा ध्यान नदिइ सडक छेउछाउमा खानेकुरा बिक्री गरेको पाइए कारबाही गर्ने जनाएको छ । आज सूचना निकालेर विभागले  स्वच्छता कायम नगरि व्यापार गर्नेलाई खाद्य ऐन २०२३ अनुसार कारबाही हुने चेतावनी दिएको हो । विभागले खानेकुरको बिक्री गर्दा सरसफाइमा ध्यान दिन र पञ्जा, मास्क, कपाल छोप्ने क्याप अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । स्वास्थ्यविज्ञले बर्खामा सरुवा रोगको जोखिम धेरै हुने भएकाले सकेसम्म सडक छेउछाउमा राखिएका खानेकुरा नखान र पान...