काठमाडौं- हुन्डी कारोबारमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले एक जनालाई पक्राउ गरेको छ। कालिमाटी फलफुल तथा तरकारी बजारका व्यवशायी सप्तरीको मलेपुर गाउँपालिका-५ स्थायी घर भएका अमरनारायण दास पक्राउ परेका हुन्। २५ वर्षीय दासको साथबाट १६ लाख २० हजार ९ सय रुपैयाँ बरामद भएको महाशाखाले जनाएको छ।