गोरखा पुगे प्रचण्ड, मनोनयनपत्र दर्ता गराउनुअघि नेता कार्यकर्ताले गरे स्वागत

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्। गोरखाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट मनोनयनपत्र दर्ता गराउन उनी दलबलसहित गोरखा पुगेका हुन्। प्रचण्ड चितवन छाडेर गोरखाबाट निर्वाचन लड्दैछन्। प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि गोरखा पुगेका छन्। गोरखामा स्थानीय नेता कार्यकर्ताले फूलमाला र खादा…