तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

दमौली (तनहुँ)- यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि  सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ ।  गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको  थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको ‘बायोमेट्रिक’ सुरु ग...

सम्बन्धित सामग्री

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ ।

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

दमौली (तनहुँ)- यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि  सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ ।  गत चैत १ गतेदेखि कार्यालयले परीक्षा स्थगन गरेको  थियो । सवारी चालक अनुमतिपत्रका लागि फारम भरेका सेवाग्राहीको ‘बायोमेट्रिक’ सुरु ग...

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ।

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने भएको छ।

आजदेखि ‘लाइसेन्स’ को परीक्षा पुन: शुरु

भदौ २०, काठमाडौं । वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आइतवारदेखि पुनः सञ्चालन गरेको छ। गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जानकारी दिएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जानकारी दिइएको छ ।  विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिए । हालै जारी सो नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ । यसैगरी परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुुपर्ने र मापदण्डअनुसार परीक्षा शुरु हुनु अगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ । तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ ।  परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने भनिएको छ । कार्यालयले खुला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था छ । अब ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, २०७७’ अनुसार परीक्षा हुने बताइएको छ ।  यसैबीच नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि वस्तुगत नमूना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिएको हो । लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानूनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चार/चार अङ्कका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जानकारी दिएको छ ।  त्यही संग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अंक ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ । रासस

स्थगित ‘लाइसेन्स’ परीक्षा आजदेखि

बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ  ।गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा (ट्रायल) संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेक

सवारी लाइसेन्सको परीक्षा खोल्ने तयारी

काठमाडौं । दशैंअघि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा खोल्न नसकिने बताएको यातायात व्यवस्था विभागले साउनदेखि नै परीक्षा लिने तयारी गरेको छ । निषेधाज्ञा खुलेर अवस्था सामान्य भएको भन्दै विभागले साउन अन्तिम साता ट्रायलका लागि आवेदन खुलाउने तयारी गरेको हो । विभागका महानिर्देशक नमराज घिमिरेले साउन अन्तिम साता सूचना सार्वजनिक गरी ट्रायल परीक्षा पुनः सञ्चालन गरिने जानकारी दिए । विभागले निषेधाज्ञा शुरू भएपछि गत वैशाख १६ गतेदेखि ट्रायल परीक्षाको आवेदन बन्द गरेको थियो । यातायात कार्यालयले निषेधाज्ञा खुकुलो नभएकाले तत्काल ट्रायल शुरू गर्न नसकिने बताएका थिए । निषेधाज्ञाअघि नै ट्रायल परीक्षाका लागि आवेदन दिएकामध्ये ४ लाखले परीक्षा दिन बाँकी छ । अहिले निषेधाज्ञा पूर्णरूपमा नहटे पनि अन्य परीक्षा सञ्चालन हुन थालेकाले सवारीसाधनको ट्रायल खुलाउने तयारी गरिएको विभागका महानिर्देशक घिमिरेले बताए । उनले भने, ‘आगामी साता प्रदेश मातहतका कार्यालयसँग समेत छलफल गरी ट्रायल खोल्ने तयारी गरेका छौं ।’ विभागले लिखित र ट्रायल दुवैको मोडालिटी परिवर्तन गरेर विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७’ अनुसार परीक्षा लिन लागेको हो । विभागले यसअघि एउटै गल्ती भए पनि त्यस्ता चालकलाई अयोग्य ठहराई लाइसेन्सका लागि अस्वीकृत गर्दै आएको थियो । तर नयाँ व्यवस्थाअनुसार लिखितका लागि पहिले नै ५०० प्रश्न सार्वजनिक गरी सोहीबाट प्रश्न सोध्ने तयारी गरिएको छ । यसैगरी ट्रायलमा पनि अब ७० अंक मात्रै प्राप्त गरे लाइसेन्स दिइने भएको छ । विभागले आवेदन भरेर ट्रायल दिन बाँकी रहेकाको ट्रायल खुला गर्ने र नयाँ आवेदन पनि खोल्ने तयारी गरेको महानिर्देशक घिमिरेले बताए । यसअघि कोटा तोकेर आवेदन लिने व्यवस्था थियो । अब उक्त कोटा प्रणाली हटाएर ट्रायल खोल्न लागिएको उनले जानकारी दिए । विभागले यसै आर्थिक वर्षदेखि एकवर्षे परीक्षणकालीन लाइसेन्स दिने निर्णय पनि गरेको छ ।